गुडियामा लुकाएर ब्राउन सुगरको तस्करी, ५ जना पक्राउ

नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतबाट आउँदै गर्दा जाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दाङको लमही नगरपालिका वडा नं. ५ का सोनु श्रेष्ठ, विशाल कुँवर र दिवस डाँगी छन् । यस्तै २ जना १७ वर्ष उमेरका छन् ।उनीहरुको साथबाट १७ ग्राम ब्राउन सुगर फेला परेको बाँकेका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार