गृहमन्त्रीकै निर्देशनमा त्रिविमा ताला लगाइयो : सांसद अर्यालको

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले त्रिभुवन विश्वविद्यालयमा गृहमन्त्रीकै निर्देशनमा ताला लगाइएको आरोप लगाउनुभएको छ ।

आज प्रतिनिधि सभा संसद बैठकमा बोल्दै उहाँले गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरीलाई साक्षी राखेर त्रिवि पदाधिकारीका कार्यकक्षमा ताला लगाइएको बताउनुभएको हो ।

‘त्रिवि पाँच महिनादेखि बन्द छ। सरकारको ध्यान आकर्षित हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘अचम्म लाग्छ, बीचमा एक दिन एकछिन मात्रै खुलेर गृहमन्त्रीको निर्देशनमा प्रहरीलाई साक्षी राखेर विश्वविद्यालय बन्द गरिएको भन्ने छ।’

त्रिविमा नेविसंघले माघ ७ देखि तालाबन्दी गरेको थियो। ‘गृह मन्त्रालयको काम बन्द गर्ने कि खुलाउने हो ?,’ उहाँले प्रश्न गन्र्नुभयो, ‘प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री उपकुलपति रहेको विश्वविद्यालयमा ताला खुलाउनु पर्दैनरु वार्ता नगरी के हेरेर बस्ने ?’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार