गृहमन्त्रीको ठाडो निर्देशनमा त्रिविमा तालाबन्दी गरियो : अधिकारी

काठमाडौँ । नेकपा (एमाले) का सांसद खगराज अधिकारीले देशकै ठूलो त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म तालाबन्दी हुनुमा गृहमन्त्री बालकृष्ण खाँण दोषी भएको आरोप लगाउनुभको छ ।

बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उहाँले गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा त्रिविमा तालाबन्दी गरिएको आरोप लगाउनुभयो । आफैं तालाबन्दी गर्न लगाउने अनि सुशासनको कुरा गर्न सुहाउँदै भन्दै उहाँले आपत्ति जनाउनुभयो । त्रिविमा नेविसंघले तालाबन्दी गर्दा दैनिक प्रशासनिक काममा समस्या हुँदै गएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार