घण्टाघरमा नेविसंघले राख्यो ‘सेभ त्रिचन्द्र’ को ब्यानर

काठमाडौँ । नेविसंघले काठमाडौंको घन्टाघरमा ‘सेभ त्रिचन्द्र’ लेखेको ब्यानर राखेको छ । त्रिचन्द्र क्याम्पसका भवन जीर्ण भइसक्दा पनि पुनर्निर्माण भएको छैन । नेविसंघले त्रिचन्द्र कलेज पुनर्निर्माण गर्न माग गरिरहेको छ।

नेविसंघ त्रिचन्द्रका नेता गोविन्द कोइरालाले त्रिचन्द्र कलेजका भवन पुनर्निर्माणका लागि विभिन्न कार्यक्रम गरेर दबाब दिइएको बताउनुभयो । सरकारले बजेटमा त्रिचन्द्रलगायत क्याम्पस तथा विद्यालयका भवनहरू पुनर्निर्माण गरिने उल्लेख गरेको थियो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार