जंगलमा हातखुट्टा बाँधि गाडी लुटेर तीन जना फरार

धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे ।

गोदावरीदेखि करिब ६ किलोमिटरमाथी बुरितोला नपुग्दै जंगल रहेको क्षेत्रमा आलिताल गाउँपालिकाका कम्प्युटर अप्रेटर लोकेन्द्र सिंह भण्डारी हातुखुट्टा बाँधेर सडकमा लडिरहेको अवस्थामा स्थानीयले देखेका थिए।कञ्चनपुर दैजी घर भएका भण्डारीले महेन्द्रनगरबाट लिफ्ट मागेर आफ्नो निजी गाडीमा चढेका तीन जना भारतिय मुलका देखिने युवाले आफूलाई कुटपिट गरी जंगलमा हातखुट्टा बाधेर मोबाइल, पर्स र कार समेत लुटेर लगेको बताउनुभएको छ।

ढुंगाले हानेर टाउकोमा चोट समेत लागेका अवस्थामा भण्डारीको उद्धार गरेर अत्तरियास्थित पदमा अस्पतलामा उपचार भैरहको मालाखेती इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविन्द्र पाण्डेयले बताउनुभएको छ । महेन्द्रनगर चमनचौराहमा चिया खानेक्रमा तीन जना भारतीय मुलका जस्ता देखिने युवाहरुले तेल खर्च दिने भन्दै खानीडाडाँसम्म लगिदिन भनेर गाडीमा लिफ्ट मागेको उहाँले प्रहरीलाई बताउनुभएको छ ।

सोमबार बिहान ८ बजे महेन्द्रनगरबाट डडेल्धुरा जान प्रदेश ०३–०१–२३ च ८७२१ नम्वरको सुजिकी कारमा तीन जनलाई लिफ्ट लिएर हिडेको उहाँले बताउनुभयो।गोदावरी भन्दा मागी गाईमारे नजिक पुगेपछि सुन्दर ठाउँ, सिन राम्रो रहेछ फोटो खिच्न भनेर गाडी रोख्न लगाउनुभयो । फोटो खिच्दै सडक भन्दा तल खोल्चातिर गएपछि एकाएक चावी खोस्न लागेको उहाँले प्रहरीलाई बताउनुभएको छ।

धकेलाधुकुल भएपछि चक्कु निकालेर हान्ने जस्तो गरेको र चक्कु औलामा लागेर समान्य चोट लागेको उहाँले बताएको प्रहरी नायव उपरीक्षक पाण्ड्यले बताउनुभयो । कुटपिट गरेर हातखुट्टा बाँधेर नगद ५ हजार, मोबाइल र गाडीसमेत लगेर गएको उहाँले बताउनुभएको छ । बिहान करिब १० बजे अथवा साढे १० बजेतिरको घटना भएको उहाँको भनाइ छ। घस्रिदै तलबाट सडक छेउमा पुगेको उहाँले प्रहरीलाई बताउनुभएको छ ।

लुटेर लग्ने युवा २२, २४ वर्ष उमेरको देखिने रहेको उहाँले बताउनुभयो।कैलाली जल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदराज जोशीले घटनाको अनुसन्धान भैरहेको बताउनुभएको छ । गाडी लुटेर फरार हुने युवाको खोजी भैरहेको उहाँले बताउनुभयो । घटनाको अनुसन्धान भैरहेको र कतिपय कुरा स्वयं भण्डारीले साँचो भनेका छन् वा लुकाएका छन् भनेर अस्पतालबाट डिचार्ज भएपछि उनलाई पनि सोधिने जोशीले बताउनुभयो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार