जनतालाई सभाहल र भ्यूटावर चाहिएको छैन : सांसद चौधरी

काठमाडौँ । सांसद लक्ष्मीकुमारी चौधरीले जनताले भ्यू टावर सभाहल भन्दापनि ढल निकास, फोहोर व्यवस्थापन चाहेको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले त्यस्ता कुराहरुमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘बर्खामा पानी परेपछि शहरमा ढल निकास नभएर महिनौंसम्म घर डुबानमा पर्ने अवस्था देखिन्छ । त्यसको निकासका लागि शहरी विकास मन्त्रालयले विशेष ध्यान दिओस् भन्ने चाहन्छु । खेतीयोग्य जग्गालाई ध्यान नदिईकन शहरको विकास भइरहेको छ यो कुरामा पनि ध्यान दिनुपर्छ ।

खेती नहुने जमिनमा वस्ती विकास गर्दा हामीले कृषि पेसालाई बचाउन सक्छौँ ।’उहाँले विद्युत तार व्यवस्थित नहुँदा धेरै मानिसले ज्यान गुमाउनुपरेको बताउँदै बिद्युत तारलाई भूमिगत गर्न आग्रह गर्नुभयो । पहाडी क्षेत्रमा बाटो बनाउँदा डोजरका कारण भू–क्षय बढेको भन्दै श्रमिक लगाएर बाटो निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार