जनता बाल क्लव दग्नामले गर्‍यो नृत्य प्रतियोगिता

म्याग्दी । जनता बाल क्लव को आयोजनामा बाल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । सुक्रबार रघुगंगा–४ दग्नाममा रहेको जनता माध्यमिक बिद्यालयका जनता बाल क्लवको आयोजनामा वाल प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले नृत्य प्रस्तुत गरेको हो ।

बिद्यालयको प्राङ्गणमा सञ्चालन भएको कार्यक्रममा २१ समुहका बाल बालिकाहरु सहभागिता रहेको थियो । उक्त नृत्य प्रतियोगितामा कक्षा १ देखी ५ सम्मका नृत्य समुह मध्य कक्षा ५ मा अध्ययनरत छात्र डिपलभ तिलिजा प्रथम, आरोसी गर्बुजा समुह द्वितीय र कक्षा २ मा अध्ययनरत छात्रा प्रज्ञा पुर्जा तृतीय स्थान हासिल गरेका थिए । कक्षा ६ देखी १० सम्मका नृत्य समुह मध्य कक्षा १० मा अध्ययनरत छात्रा मेनुका पाईजा र पुजा तिलिजा समुह प्रथम, कक्षा ८ मा अध्ययनरत छात्रा सृष्टिना गर्बुजा द्वितीय र काक्षा ६ मा अध्ययनरत छात्र युवी गर्बुजा र छात्रा काजल तिलिजा समुह तृतीय स्थान हासिल गरेका थिए ।

 

बिद्यालयकी शिक्षिका निर्मला गर्बुजा, कक्षा १० मा अध्ययनरत छात्रा बिपना गर्बुजा र बिपिना पाईजाको निर्णयक मंडल रहेको प्रतियोगीता कार्यक्रममा प्रथम, द्वितीय र तृतीय विजेता बालबालिकालाई विद्यालयले अविर लगाई उज्वल भविष्यको कामना सहित पुरस्कार स्वरुप शैक्षिक स्टेसनरी समाग्री बितरण गरेको थियो ।

बिद्यालयमा १४४ जना बिधार्थी रहेको र बालबालिकाको सृजनाशील क्षमतालाई अभिबृद्धि गर्ने र समाजमा सकरात्मक परिवर्तन ल्याउने उद्देश्यले कार्यक्रको आयोजन गरेको प्रअ गुन पुनले जानकारी दिनु भयो । ‘रघुगंगा गाउँपालिकाले जो म्याग्दी बहुमुखी क्याम्पसमा ब्याचलरमा अध्ययन गर्नको लागी छात्रवृत्ति उपलव्ध गराउने भएको छ, कुनै पनी बिधार्थीले ११ र १२ कक्षामा अंग्रेजी, गणित र बिज्ञान बिषय लिएर पढनु भएको छ र सोही बिषय अध्ययन गर्न म्याग्दी बहुमुखी क्याम्पसमा ब्याचलरमा भर्ना भएमा त्याहाँ लाग्ने बार्षिक खर्च मध्य आधा खर्च गाउँपालिकाले बेहोर्ने छ त्यो मौका हाम्रो बिधार्थीहरुले नछुताउनु होला,’ उहाँले भन्नु भयो ।

कार्यक्रममा वडा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका सदस्यहरु, एकता क्लवका प्रतिनिधि, बुद्धिजीवी, विद्यालयका प्रधानाध्यापक, सह प्रधानाध्यापक लगायत शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । बिद्यालय परिसरलाई हराबरा बनाउन सोही दिन बाल क्लवले अमिसो वृक्षारोपण गरेको थियो । बाल क्लवको अध्यक्ष प्रबेश पुनको अध्यक्षता उपाध्यक्ष अमृत बर्देवाको स्वागत र सचिब अभिशेक गर्बुजाको सञ्चालनमा कार्यक्रक सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार