जयसिंह धामीबारे कूटनीतिक पहल जारी छ : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले महाकाली नदीमा बेपत्ता भएका नेपाली नागरिक जयसिंह धामीको सम्बन्धमा सरकारले कूटनीतिक पहल जारी रहेको बताउनुभऐको छ ।

‘नेपाली नागरिक जयसिंह धामी तुइनबाट महाकाली नदी तर्नेक्रममा बेपत्ता भएको घटनाको सम्बन्धमा गठित समितिको प्रतिवेदनअनुसार भारत सरकारलाई २०७८ भदौ २० मा कूटनीतिक माध्यमबाट लेखिपठाइएको र यससम्बन्धमा नेपालको तर्फबाट निरन्तर पहल भइरहेको छ’ मन्त्री खड्काले भन्नुभयो ।

गत वर्ष साउनमा दार्चुला जिल्लाको व्यास गाउँपालिका मालघाटस्थित महाकाली नदी पार गर्न सीमावर्ती तुइन तर्दै गर्दा भारतीय एसएसबीका सुरक्षाकर्मीले तुइनको तार काटिदिँदा धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार