जसपाको विधान अधिवेशन स्थगित

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले असार १ र २ गते गर्ने भनिएको विधान अधिवेशन स्थगित गरेको छ । जसपाले पार्टीका नेता तथा कार्यकर्तालाई सर्कुलर नै पठाएको अधिवेशन स्थगित भएको जानकारी गराएको हो ।

स्थानीय तहको निर्वाचनको समीक्षा प्रतिवेदन केन्द्रमा आउन बाँकी नै रहेको र पार्टी सदस्यताको अभिलेख तयार नभएको भन्दै अर्को निर्णय नहुञ्जेलसम्मका लागि विधान अधिवेशन स्थगित गरिएको सर्कुलरमा उल्लेख छ । विधान अधिवेशनका लागि कार्यविधि बनाउन र प्रतिनिधि छनोट गर्न नसकिएकाले अध्यक्ष उपेन्द्र यादवको आदेशानुसार अधिवेशन स्थागित गरिएको बुझिएको छ ।

पार्टीमा देखिएको दुई अध्यक्षीय प्रणालीको विवादलाई समाधान गर्नका लागि विधान अधिवेशन बोलाइएको थियो । जसपाका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भटट्राईले दुई अध्यक्ष रहनु पर्ने भन्दै आएका छन् भने एक जना मात्र अध्यक्ष मात्र रहनुपर्ने अध्यक्ष उपेन्द्र यादवको अडान छ । पार्टीको अन्तरिम विधानमा रहेको दुई जना अध्यक्षको प्रावधानलाई हटाउनका लागि केन्द्रीय समितिको बैठकबाट विधान अधिवेशन गर्ने घोषणा गरेको थियो । तर स्थानीय तहको चुनावलगायतको बहानामा त्यसलाई स्थगित गरिएको छ । रातोपाटबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार