जातीय छुवाछुत अपराध हो : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले जातकै आधारमा छुवाछुत र भेदभाव गर्नु अपराध हुने बताउनुभएको छ । उहाँले संविधानले नै सबै नागरिकलाई समान मानेको र अहिले कानुनहरू समेत त्यहीअनुसार बनेको बताउनुभयो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूबारे प्रधानमन्त्री एवम् रक्षामन्त्री शेरबहादुर देउवाकोतर्फबाट जवाफ दिँदै गृहमन्त्री खाँणले सरकारले दलित समुदायमाथि हुने विभेद र छुवाछुतका घटनामा पीडितलाई न्याय दिलाउन दलित डेस्क निर्माण गरी सञ्चालनमा ल्याएको बताउनुभयो ।

‘संविधानले सबै नागरिकलाई समान मानेको छ, संविधानअनुसार जातीय छुवाछुत र भेदभाव गर्‍यो भने त्यो अपराध हुन्छ । यो जघन्य अपराध हो,’ उहाँले भन्नुभयो, ‘जो पछाडि परेको वर्ग, समुदाय छ, त्यो समुदायलाई अगाडि ल्याउन संविधानमै विशेष प्रबन्ध गरिएको छ । जातको आधारमा छुवाछुत गर्ने, भेदभाव गर्ने कुरा संविधानले नै निषेध गरेको छ ।’ ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार