जिल्ला भलिबल संघको अध्यक्षमा बानियाँ

म्याग्दी। जिल्ला भलिबल संघ म्याग्दीको अध्यक्षमा तेजेन्द्र बानियाँ चयन हुनुभएको छ । बेनीमा बिहिबार सम्पन्न संघको ५औं अधिवेशनबाट भलिबल प्रशिक्षक बानियाँको नेतृत्वमा संघ गठन गरिएको हो । बानियाँ यस अघि संघको उपाध्यक्ष हुनुहुन्थ्यो । संघमा निरन्तर आवद्ध रहेर बानियाँ भलिवल खेल क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

संघको उपाध्यक्षमा खड्क केसी र रत्न भण्डारी (राजकुमार), महासचिवमा कुमार किसान र कोषाध्यक्षमा बिष्णुकुमारी रोका रहेका छन। सदस्यमहरुमा मलिन रोका, राजकुमार शाही, सलमान जुग्जाली, मनोज खड्का, अप्सन राम्जाली , गंगा तिलिजा, रुपेश सुन्दास र चित्र जुग्जाली रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार