जिल्ला समन्वय समिति बारामा एमाले विजयी

बारा । जिल्ला समन्वय समिति बाराको प्रमुखमा एमाले उम्मेदवार नरेन्द्र कुमार साह विजयी भएका छन् । साह २० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका रामदयाल धानुकले ९ मत पाएका हुन् । यस्तै उपसभापतिमा एमालेकै चण्डीका उप्रेतीले १७ मत पाएर विजयी हुँदा गठबन्धन तर्फबाट जसपा उम्मेदवार पवन ब्याहुतले १५ मत पाएका छन् ।

यस्तै सदस्य पदमा जसपाको तर्फबाट क्रमशः प्रदिप केशरी, श्यामबाबु यादव, चन्देश्वरप्रसाद यादव, लोसपाबाट प्रभादेवी साह, उमादेवी चमार र एमालेबाट सुमित्रादेवी र नेशा खातुन निर्वाचित भएको जिल्ला प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाभरका १६ वटा स्थानीय तहका प्रमुख उपप्रमुख गरी ३२ जना जनप्रतिनिधिहरु आज भएको जिल्ला समन्वय समिति निर्वाचनमा सहभागी भएका थिए । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार