डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी

काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिकाको भवनमा आगलागी भएको छ। गए राति भएको आगलागीबाट प्रशासनिक भवनमा रहेका शोफा र किताबलगायत सामग्री जलेको छ।

आगो कसले लगाएको भन्ने खुलेको छैन। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश भट्टले आगलागीबाट शोफालगायत जलेको बताउनुभयो। ‘महत्वपूर्ण कागजात जलेका छैनन्,’ उहाँले भन्नुभयो । उहाँकाअनुसार बाहिरबाट कसैले आगो लगाएकोजस्तो देखिन्छ।

‘सूचनापाटी रहेको ठाउँमा पनि अलिकति आगलागी भएको छ,’ उहाँले भन्नुभयो, ‘बिजुली सर्ट भएर आगो लागेको होइन, कसैले लगाएकोजस्तो देखिन्छ।’ कार्यालय रेखदेखमा रहेका कर्मचारीले आगो निभाएका कारण थप क्षति हुन नपाएको उहाँले बताउनुभयो । ‘भवन नजिकै बस्ने कर्मचारीले थाहा पाएपछि आज बिहान करिब ४ बजेतिर आगो निभाएछन्,’ उहाँले भन्नुभयो।घटनास्थलमा प्रहरी पुगेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार