डोटेली भाषामा गेटा मेडिकल कलेज सञ्चालन गर्न माग

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले राष्ट्रिय, स्थानीय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मूल्यवृद्धिको मारमा जनता पिल्सिएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद दीपप्रकाश भट्टले त सुदूरपश्चिम प्रदेशमा चलनचल्तीमा रहेको डोटेली भाषामा गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालनमा ल्याउन माग गर्नुभयो।उहाँले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयमा परिवर्तन गर्न स्थानीय भाषामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।उहाँले सुदूरपश्चिम प्रदेशबाट पटकरपटक प्रधानमन्त्री भएकामा शेरबहादुर देउवाप्रति स्थानीयवासीको ठूलो अपेक्षा रहेको बताउनुभयो।

सांसदद्वय देवप्रसाद तिमिल्सिना र धर्मशीला चापागाईंले नागरिकताको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।त्यस्तै, सांसद देवप्रसाद गुरूङले पेट्रोलियम पदार्थमा गरिएको मूल्यृवद्धि फिर्ता लिन माग गर्नुभयो । सांसद नवीना लामाले पनि इन्धनमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न अनुरोध गर्नुभयो।शून्य समयमा सांसदहरू डिला संग्रौला, थममाया थापा दलबहादुर राना, दामोदर भण्डारी, नरबहादुर धाँमी, नवराज सिल्वाल, नारदमुनी राना, निरूदेवी पाल, पूर्णाकुमारी सुवेदीले देश र जनताका पक्षमा सरकारले काम गर्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो।सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार