तिलक कोइरालाले तोडे अनसन

काठमाडौँ । पुँजी बजार सुधारको माग राख्दै १० दिनदेखि अनसनरत लगानीकर्ता तिलक कोइरालाले अनसन तोड्नुभएको छ । शुक्रबार धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस खाएर कोइरालाले अनसन तोड्नुभएको हो ।

पुँजी बजारको स्थायित्वका लागि पुँजी बजार सुधार संघर्ष समिति समेत गठन गर्दै आन्दोलनमा होमिएका कोइरालाले आफ्नै नेतृत्वमा बोर्डमा १९ बुँदे मागपत्र पेश गर्नुभएको थियो । सोही मागपत्र कार्यान्वयन गर्ने सहमति भएसँगै कोइरालाले अनसन तोडेको बताउनुभएको छ । यद्यपि, कोइराला पक्षले नै अनसन तोड्न पहल गरिदिन बोर्डलाई गरेको अनुनय विनयसहितको अडियो बाहिरिएसँगै आन्दोलन कमजोर भएको जानकारहरुको भनाइ छ ।

आफूलाई पत्रकार समेत बताउने लगानीकर्ता कोइराला पुँजी बजारको स्थायित्वको माग राख्दै असार १ गतेदेखि धितोपत्र बोर्डको कार्यालय खुमलटारमा आमरण अनसनमा बस्नुभएको थियो । आमरण अनसन तोड्दै कोइरालाले पुँजी बजार सुधार र विकासका लागि गठित संघर्ष समिति समेत विघटन भएको बताउनुभएकेो छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार