थाइल्याण्ड बन्यो गाँजा खुल्ला गर्ने पहिलो एशियाली देश

काठमाडौं । थाइल्याण्ड गाँजामाथिको प्रतिबन्ध हटाउने एशियाकै पहिलो देश बनेको छ । औषधि र खानामा मसलाका रुपमा गाँजाको प्रयोग हुने गरेको इतिहास भए पनि थाइल्याण्डले गाँजालाई लागु औषध भनेर प्रतिबन्ध लगाएको थियो ।

लागु औषध सम्बन्धी कडा कानुन रहेको उसले कानुन परिवर्तन गर्दै गाँजाको खेति र प्रयोगलाई खुल्ला गरेको छ । सन् २०१८ मा गाँजालाई औषधिका रुपमा प्रयोग गर्न अनुमति दिएको थाइल्याण्डले अब खेति र सेवनलाई पनि खुल्ला गरेको हो । यसअघि औषधिजन्य प्रयोजनका लागि मात्र गाँजा खेति खुल्ला थियो ।कानुनमा भएको परिवर्तनसँगै अब थाइनागरिकले घरका गमला र खेतबारीमा पनि गाँजा लगाउन पाउने छन् ।

गाँजा खुल्ला गरेसँगै थाइल्याण्डले गाँजाको कारोबार र सेवन गरेको अभियोगमा जेल हालेका ४ हजार बन्दी रिहा गर्ने तयारी पनि छ ।गाँजको प्रयोग खुल्ला गरेपछि मानव स्वास्थ्य र पर्यटन उद्योगमा फाइदा पुग्ने थाइ सरकारको विश्वास छ । थाइल्याण्डले गाँजालाई नगदे बालीका रुपमा विकास गर्ने र गाँजाका परिकारको व्यापार गर्ने लक्ष्य राखेको छ । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार