दलहरू गठबन्धनमा लिप्त हुँदा महँगीले जनताको ढाड भाँचिदैछ : भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलका नेताहरु सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महँगी बढेर जनता मारमा परेको बताउनुभएको छ । गठबन्धनको खेलमा लाग्ने तर अर्थतन्त्र र मूल्यवृद्धिको गणितमा अनिच्छुक रहने विडम्बनापूर्ण रहेको उहाँको भनाइ छ ।

‘हाम्रा दलरनेता सत्तारगठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रारक्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ,’ भट्टराईले आज ट्वीटरमा लेख्नुभएको छ, ‘विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन, ढुवानी, यातायातको लागत बढाएर सबैतिर महँगी बढ्छ । यो अचाक्ली महँगीले जनताको ढाड भाँचिदैछ । खै सरकारी पहल ?’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार