दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरेको भन्दै अनेरास्ववियु रूपन्देहीद्धारा ‘चक्काजाम’

बुटवल । पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको विरूद्धमा अनेरास्ववियु रूपन्देहीले बिहान ९ देखि १० बजेसम्म एक घण्टा चक्काजाम गरेको छ।

अनेरास्ववियु रूपन्देहीले बुटवलको मिलनचोक, भैरहवा, सैनामैना, देवदह लगायतका स्थानमा मूल्यवृद्धिविरूद्ध एक घण्टा चक्काजाम गरेको हो। पटकरपटक पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको भन्दै आन्दोलन गरिएको अनेरास्ववियु रूपन्देही इन्चार्ज बालकृष्ण पाण्डेले जानकारी दिनुभयो । उहाँले सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर छुट गरी जनतालाई राहत दिन माग गनुभयो ।

सरकार जनताप्रति अलिकति पनि उत्तरदायी नभएको र जनतालाई राहत दिनुको सट्टा दिनप्रतिदिन ढाड सेकिने गरी दैनिक उपभोगका वस्तुमा मूल्यवृद्धि गरेको उहाँले बताउनुभयो । अनेरास्ववियुले आजको जक्काजाम सांकेतिक भएको र दैनिक उपभोग्य वस्तुको मूल्य नघट्दासम्म चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुका जिल्ला उपाध्यक्ष भरत अर्यालले जानकारी दिनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार