नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा तीन पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका–७ घर भई काठमाडौंको वनस्थली बस्ने ३७ वर्षीय विकास अमगाई, काभ्रे पनौती घर भई छाउनी बस्ने ३७ वर्षीय राजकुमार हुमागाईं र गोरखा भिमसेन थापा गाउँपालिका-८ घर भई वनस्थली बस्ने ४० वर्षीय मोहन पुडासैनी छन्।

विभिन्न व्यक्तिहरूले कीर्ते गरी नक्कली शैक्षिक प्रमाणपत्र बनाएको भन्ने सूचना पाएपछि कार्यालयको टोली खटिएको थियो।सो टोलीले गत शुक्रबार राजकुमार हुमागाईंलाई महाराजगन्जबाट नक्कली प्रमाणपत्रसहित पक्राउ गरेको थियो। प्रहरीले उनीहरूबाट अर्को व्यक्तिको नामको पनि प्रमाणपत्र बरामद गरेको छ।उनीबाट स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्र बरामद गरेको छ।

त्यसपछि प्रहरीले नक्कली प्रमाणपत्र बनाउने अरूलाई बागबजारबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो। तीनै जनामाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ। उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार