नयाँ मन्त्रीको लिस्ट बोकेर बालुवाटार पुगे नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी भएका आफ्ना पार्टी मन्त्री फेर्ने भएको छ। अध्यक्ष माधवकुमार नेपाल नयाँ मन्त्रीहरूको नाम बोकेर आइतबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएको छ ।

स्रोतका अनुसार नेपालले हिराचन्द्र केसी, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्त्री बनाउन चाहनुभएको छ। ‘उहाँले आजै सपथ ग्रहणका लागि नाम बुझाउनुहुन्छ। प्रधानमन्त्रीको समय के छ भयो भने आजै सपथ हुन्छ,’ स्रोतले भन्यो।स्रोतका अनुसार चौधरी शहरी विकास, श्रेष्ठ पर्यटन, कुँवर श्रम र केसी स्वास्थ्य राज्यमन्त्री बन्ने सम्भावना छ। सांसद चौधरीले आफू सहरी विकास मन्त्री बन्न लागेको पुष्टि गर्नुभएको छ।

यसअघि आजै बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले ६ महिना पुगेका पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। देउवा नेतृत्वको सरकारमा यसअघि विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ मन्त्री थिए भने भवानी खापुङ राज्यमन्त्री हुनुहुन्थ्यो । उहाँहरू गत असोज २२ गते मन्त्री बन्नुभएको थियो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार