नागरिकता विधेयक यसै अधिवेशनबाट पारित हुन्छ : मन्त्री शर्मा

धनुषा । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले यसै संसद्को अधिवेशनबाट नागरिकता विधेयक पारित हुने बताउनुभएको छ। बुधबार जनकपुरधाममा एक कार्यक्रममा बोल्दै कानुन,

न्याय तथा संसदीय मामिला मन्त्री शर्माले नेपाली बुवा आमाबाट जन्मेका र अङ्गीकृत नागरिकहरूका सन्तानलाई नागरिकता मिल्ने बताउनुभएको हो । उहाँले नागरिकता विधेयक परम्परादेखि नागरिकता प्राप्त गर्दै आएका देखि नै कुनै पनि किसिमको कटौती नहुने गरी नागरिकता वितरण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागरिकताको हक नागरिकको अधिकार रहेको र यो कसैको निगाहको कुरा होइन ।’

उहाँले अघि थप्दै भन्नुभयो, ‘संसद्मा विधेयक गइसकेको छ, सो विधेयकमा केही कुरामा सहमति बनाउनुपर्ने हुन्छ, यसका लागि हामी तत्कालै सहमति गरेर यसै अधिवेशनको सत्रबाट नागरिकता विधेयक पारित गर्छौ ।’ उहाँले यसै संसद् अधिवेशनबाट सर्वसम्मतरुपमै नागरिकता विधेयक पारित गरिने बताउँदै उहाँले यसमा कुनै पनि किसिमको शङ्का नगर्न आग्रह समेत गर्नुभयो । उहाँले जनकपुरधाममा आएपछि नागरिकताको इस्यू उठ्ने गरेको र यो इस्यू नै यहाँको लागि हट इस्यू रहेको समेत टिप्पणी गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार