नीति, कार्यक्रम र बजेटबीच तालमेल भएन : बस्नेत

काठमाडौँ । माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले सरकारले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेटबीच तालमेल नभएको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बस्नेतले संघीयता र समावेशिता कार्यान्वयनका सन्दर्भमा कार्यक्रमअनुसार बजेट नआएको बताउनुभयो ।

सशर्त बजेटबारे अर्थमन्त्रालय र विभागीय मन्त्रालयबीच विवाद रहेको कुरा पनि आइरहेको बताउनुभयो । ठूलो परिणामको बजेट प्रदेश र स्थानीय तहमा जानुपर्ने भावी नीति तथा कार्यक्रममा रहेपनि कार्यान्वयन गर्ने क्रममा उदार हुन नसकेको उल्लेख गर्नुभयो । सांसद बस्नेतले भन्नुभयो– ‘१ लाख देखिका योजनाहरु सशर्त योजनाका रुपमा राखिएका छन् ।

कार्यक्रममा पुँजीगत खर्च बढाउन यसले समस्या पार्छ जस्तो लाग्छ । यति धेरै योजनाहरु सशर्त योजनाका रुपमा प्रदेश र स्थानीय तहमा दिइएको छ, न ती योजनाहरु उनीहरुले स्वीकार गर्ने अवस्थामा छ । न ती सबै कार्यान्वयन गर्नका लागि त्यहाँ संरचनात्मक व्यवस्था छ । यसले पूँजीगत खर्च बढाउन केही समस्या पार्छ कि जस्तो लागेको छ ।’गरिबी निवारणका योजनालाई सहकारीसँग जोड्नुपर्नेमा त्यसमा ध्यान नपुर्याइएको उहाँले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार