नेपालको उत्तरी सीमा क्षेत्रमा अमेरिकी सेनासँग सैन्य अभ्यास हुन्नः नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको उत्तरी सीमा क्षेत्रमा अमेरिकी सेनासँग संयुक्त सैन्य अभ्यास नहुने स्पष्ट पार्नुभएको छ ।

स्टेट पार्टसिप प्रागाम (एसपीपी) को विषयमा समितिमा भएको छलफलमा भाग लिँदै उहाँले प्रधानमन्त्री शेरबाहादुर देउवाले उत्तरी सीमामा सैन्य गतिविधि हुन दिन्न भनेर स्पष्ट पारिसकेको बताउनुभयो ।

‘उत्तरी सिमामा सैन्य गतिविधि हुन दिन्न भनेर प्रधानमन्त्रीले भन्नुभएको छ, त्यसमा म आश्वास्त भएको छु। कुनै पनि मुलुकको दवाव स्वीकारिदैन। यस सम्झौतमा हाम्रो असहमति छ,’ नेपालले बैठकमा भन्नुभयो। पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कुटनीतिक मामिलामा ध्यान दिएर मात्र अघि बढ्नुपर्ने बताउनुभयो ।

कसैले ह्वीस्की खाएर नसामा कुनै कागजमा हस्ताक्षर गराउनसक्ने भन्दै त्यसबाट बच्न उहाँले आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेपालले यसबारे सजग हुन आग्रह गर्नुभएको हो । स्टेट पार्टसिप प्रोगाम (एसपीपी) को विषयमा समितिमा भएको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, ‘यो विषयमा दबाब नै छैन भने त केही भन्नु छैन्। तर कहिलेकाँही मिठो पाराले फसाउन खोजिएको हुन्छ।’

उहाँले त्यसमा ख्याल गरेर अघि बढ्नपर्ने बताउनुभयो । ‘कूटनीतिका धेरै पक्षहरु हुन्छन्, कहिले दबाब दिएर, कहिले फकाएर थाहै नदिइकन, निदएको बेलामा ह्विस्की खाएर नसामा कागजमा सही गरिएला,’ नेपालले भन्नुभयो, ‘त्यसकारण ख्याल गर्नुहोला । कुनैपनि कुरामा नफसी, संस्थागत कुरामा ध्यान दिएर राष्ट्रिय हितमा लाग्नुपर्छ।’नेपालले आफ्नो दल एकीकृत समाजवादी राष्ट्रियतको हित र सुरक्षा संवेदनशीलताको हिसाबमा दृढतापूर्वक उभिन्ने दाबी गर्नुभऐका छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार