नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक छ : राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उच्च शिक्षामा लगानी बढाउन निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ । नेपाल उच्च शिक्षाको ठूलो हब हुनसक्ने उल्लेख गर्दै राज्यमन्त्री श्रेष्ठले त्यसमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको हो ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘कान्तिपुर हिसान एडुफेयर’को उद्घाटन गर्दै उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सेवामूलक व्यवसाय ठानेर अघि बढन पनि निजी क्षेत्रलाई सचेत गराउनुभयो । नेपालमा थप २५ वटा युनिभर्सिटी आवश्यक रहेको भन्दै राज्यमन्त्री श्रेष्ठले त्यसमा निजी क्षेत्रले लगानी गर्दा राम्रो हुने बताउनुभयो ।

त्यसका लागि सरकारले पूर्वाधारलगायतका आवश्यक व्यवस्था मिलाउने तर लगानी भने निजी क्षेत्रले गर्दा हुने उहाँले बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रबाट नेपालमा ठूलो इकोनोमिक एक्टिभिटी हुने भएकाले यसमा लगानी गर्नेहरुको भविष्य राम्रो रहेको पनि दोहोर्याउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल पनि हाईएयर एजुकेसनको एउटा हब हुनसक्छ । हाईएयर एजुकेसनमा इन्भेष्ट गरेर एउटा ठूलो इकोनोमिक एक्टिभीटी गर्न सकिन्छ भन्ने त्यो चीजमा सबै लागौं ।

यसमा सरकारले सकेन भने प्राइभेट सेक्टरका साथीहरुले आएर युनिभर्सिटी बनाउनुपर्यो । हाम्रो मुलुकलाई ११ वटा युनिभर्सिटीले पुग्नेवाला छैन । अर्को २५ वटा युनिभर्सिटी चाहिन्छ भने बरु सरकारले एउटा आधारमा कस्तो युनिभर्सिटी हुने, त्यसका पूर्वाधारहरु के के चाहिन्छ रु कस्तो किसिमको संस्थाहरुलाई हामीले युनिभर्सिटी दिने हो रु यी सबै चिजहरु भएर गयो भने एजुकेशनमा पनि फ्यूचर छ ।

लगानी गर्ने साथीहरुले शिक्षा र स्वास्थ्यलाई पूरा व्यापार मात्रै नठानेर सेवामूलक व्यवसाय गर्छ भनेर लाग्नुस् । लगानी गर्नुहोस् । यसमा फ्युचर छ ।’राज्यमन्त्री श्रेष्ठले ठूलो लगानी शिक्षा आर्जनका लागि विदेशिन नदिन सरकारले नेपाललाई एजुकेसन हब बनाउने नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्न लागेको पनि बताउनुभयो । ४ दिनसम्म चल्ने सो फेयरमा उच्च शिक्षा हासिल गर्नका लागि आवश्यक सन्दर्भ सामग्रीबारे एकै थलोमा बसेर जानकारी पाउने व्यवस्था मिलाइएको बताइएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार