नेपाललाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्छ : थापा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले नेपाललाई दश वर्ष भित्रमा पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्ने बताउनुभएको छ ।  महत्वकांक्षी योजनाका साथ आजैदेखि पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउन लाग्नुपर्ने थापाले बताउनुभयो ।

प्रतिनिधि सभा संसदमा आज बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले कार्ययोजना बनाएरै कति वर्षभित्र के गर्ने भन्ने योजनासहित पेट्रोलियम पदार्थमुक्त देश बनाउनुपर्ने बताउनुभयो । ‘नेपाललाई पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउनुपर्छ।

महत्वकांक्षी योजनाका साथ हामीले दश वर्षभित्र यसलाई निमिट्यान्न पार्ने भनेर लाग्यौं भने बाँच्छौं हामी। कर घटाएर मात्र हुन्न। यसको उपाय भनेको पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउने हो,’ उहाँले भन्नुभयो । सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रूपैयाँ घटाएको उल्लेख गर्दै उहाँले अझै मिल्छ भने मूल्य घटाएर जनतालाई राहत दिनुपर्ने बताउनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार