नेपाललाई शान्ति क्षेत्र घोषणा गर्न सांसद राम कार्कीको आग्रह

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद राम कार्कीले नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि पहल गर्न आग्रह गर्नुभएको छ । शुक्रबार प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले नेपालको तटस्थ रहने परराष्ट्र नीतिलाई कायम राख्न जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अब यो क्षेत्रलाई शान्ति क्षेत्र बनाउन पहल गरौं । हाम्रा छिमेकी देशलाई यसबारे एउटा प्रस्तावना लेखौँ । हाम्रो तटस्थतालाई जोगाऔँ । पढेको बुझेको परराष्ट्रमन्त्री पाएका छौं । उहाँको पालामा नै शुरू गरौ न।’ सांसद कार्कीले नेपालको परराष्ट्रनीति कमजोर भएकोले यसलाई सशक्त बनाउन आग्रह गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार