नेपाली क्रिकेटमा भारतीय क्रिकेट विज्ञको साथ हुन सकरात्मक : क्यान

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेटको विकासका लागि भारतीय क्रिकेट विज्ञको साथ हुनु सकरात्मक पक्ष भएको बताएका छन् । पछिल्लो क्यानले नेपाल टी–ट्वान्टी कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको नेतृत्वमा गभर्निङ काउन्सिल गठन गरेको गरेको थियो । क्यानले इन्डियन क्रिकेटर्स एशोसियसनका अध्यक्ष अशोक मल्होत्रालाई मानार्थ सदस्य नियुक्त गरेको छ ।

यसरी नेपाली क्रिकेट सञ्चालक परिषद्मा भारतीय पूर्व क्रिकेट खेलाडी हुँदा नेपाली क्रिकेटमा हस्तक्षेप हुने भन्दै आलोचना भएको थियो । तर, क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले भारतीय पूर्व क्रिकेट खेलाडी, पूर्व प्रशिक्षक र क्रिकेट खेलाडी एशोसियसनका अध्यक्षले नेपाली क्रिकेटमा आउन चासो राख्नु नै सकरात्मक रहेको बताउनुभयो ।

नेपाली क्रिकेटमा नेपाल टी–ट्वान्टी लिग सञ्चालक परिषद्मा बस्ने कुनै व्यक्ति नभएको हो त भन्ने प्रश्नमा मल्लले भन्नुभयो, ‘नेपाली क्रिकेटमा कोही त्यस्तो व्यक्ति नभएको भन्ने होइन । सेभेन थ्री स्पोर्ट्सले त्यति धेरै लगानी गरेको छ । उहाँहरुको कुनै एक व्यक्ति होस भन्ने भएर राखेका हौं । नेपाली क्रिकेटमा भारतीय क्रिकेट विज्ञ आउनु सकरात्मक कुरा हो ।’

काउन्सिलको डाइरेक्टरमा मल्ल, सदस्यमा क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठक, भानु सिग्देल, जतिन हल्वालिया छन् । यसमा मल्लले भारतीय क्रिकेट विज्ञहरु नेपाली क्रिकेटमा प्रवेश गर्दा नै नेपाली क्रिकेटलाई धरै कुराका फाइदा हुने बताउनुभयो । सकरात्मक पक्षलाई सबैले समर्थन गर्दा नै नेपाली क्रिकेटले राम्रो आयाम लिने भएकाले यसमा सबैले सहयोग गरिदिन मल्लले आग्रह गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार