नेपाल–भारत धर्मशाला प्रहरी प्रशासनको सहयोगमा खाली गराइन्छ : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बतास समूहको लगानी रहेको होटल आनन्द प्रालिसँग नेपाल–भारत धर्मशाला करार सम्झौता रद्द भइसकेको र अब उक्त धर्मशाला खाली गराउने प्रकृया थालिने बताउनुभएको छ ।

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री आलेले धर्मशाला खाली गर्न दिइएको एक साताको समय जेठ मसान्तमा सकिएको भन्दै अब प्रहरी प्रशासन लगाएर खाली गराइने जानकारी दिनुभयो ।

उहाँले होटल आनन्द प्रालिले विभिन्न शर्त गम्भीर उल्लंघन गरेको देखिएपछि करार सम्झौता रद्द गरिएको पनि प्रस्ट पार्नुभयो । ‘होटल आनन्द प्रालि पशुपति क्षेत्र विकास कोषको निर्णयविरुद्ध न्यायालय पुगेको थियो, न्यायालयले तीन पटक कोषको पक्षमा फैसला गरिसकेको छ,’ उहाँले भन्नुभयो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार