न्यायाधीश र वकिलबीच १० करोड लेनदेन गर्ने अडियो सार्वजनिक भएपछि न्यायपरिषदको बैठक बोलाइयो

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले बुधबार दिउँसो आकस्मिक रुपमा न्यायपरिषदको बैठक डाकेका छन् । न्यायपरिषदका एक सदस्यका अनुसार, दिउसो साढे १ बजे बैठक छ भनी सबै सदस्यहरुलाई खवर गरिएको हो ।

‘डेढ बजे आकस्मिक रुपमा बैठक छ भनेर हामीलाई खवर आएको हो’ परिषदका एक सदस्यले भन्नुभयो, ‘एजेण्डावारे बताइएको छैन ।’अर्का सदस्यका अनुसार, काठमाडौंका न्यायाधीश राजकुमार कोइराला मुछिएको एक विवादास्पद अडियो सार्वजनिक भएपछि आकस्मिक बैठक डाकिएको हो । न्यूज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश कोइरालाविचको करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक गरेको छ ।

कुराकानीका क्रममा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्व अध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेका छन् । त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पनि साथ हुने भन्दै उनले प्रलोभन दिएका थिए ।न्यायपरिषदका एक सदस्यले भन्नुभयो, ‘त्यस्तो गम्भीर विषय सार्वजनिक भएपछि छलफल गर्न बैठक डाकिएको हो ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार