न्यायालयको जात्रा अब टुलुटुलु हेरेर बस्नुहुँदैन : सांसद महत

काठमाडौँ । न्यायाधीश र अधिवक्ताबीच भएको अडियो प्रकरणबारे संसदमा आवाज उठेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद गजेन्द्र बहादुर महतले न्यायालयमा जात्रा भएको र अब टुलुटुलु हेरेर बस्न नहुने बताउनुभयो । बिशेष समयमा बोल्दै सांसद महतले भन्नुभयो– ‘न्यायालयमा भएको विचाराधीन मुद्दामा यहाँ बहस गर्न पाइँदैन भनिन्छ ।

तर अब यो कुरा पुरानो भइसक्यो जस्तो लाग्छ । न्यायालयमा जुन जात्रा चलिरहेको छ, न्यायालय भष्टाचारको अखडा बनिरहेको छ । यसबारेमा व्यवस्थापिका पनि बन्धक भएर बस्न हुँदैन् । अब पनि हामीले न्यायपालिकाबारे प्रश्न उठाउन सकेनौँ भने त्यहाँको विचाराधीन मुद्दाबारे हामीले बहस गर्न सकेनौँ भने फेरि हामी पनि बन्धक नै हुन्छौँ ।’उहाँले हिजो आज न्यायालयमा जात्रा भएकोले जनताका प्रतिनिधिले टुलुटुलु हेरेर बस्न नहुने बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार