न्युजिल्याण्डका ६ सहरमा मनाइयो सगरमाथा दिवस

काठमाडौँ । गैर आवासीय नेपाली संघ न्युजील्याण्डको आयोजनामा ‘सगरमाथा दिवस’ मनाइएको छ । मे महिनाको २८ देखि ३१ तारिखसम्म न्युजिल्याण्डका विभिन्न ६ सहरमा विविध कार्यक्रमका साथ दिवस मनाइएको हो ।

नेपालका तेन्जिङ नोर्गे र न्युजिल्याण्डका एडमण्ड हिलारीले ६९ वर्ष अघि सन् १९५३ मे २९ का दिन सगरमाथाको सफल आरोहण गरी संसारको सर्वोच्च शिखरमा पाइला टेकेर विश्व कीर्तिमान स्थापित गरेको अवसरलाई स्मरण गर्दै दिवस मनाइएको हो । उक्त अवसरमा न्युजिल्याण्डमा रहेका सगरमाथा आरोहीहरुलाई सम्मान गरिएको थियो ।

सर एडमण्ड हिलारीले सगरमाथा क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यावरण विषयमा उत्थान गर्ने हेतुले स्थापना गरेको संस्था ‘हिमालयन ट्रस्ट’ र न्युजिल्याण्डमा रहेका नेपाली संघ संस्थाहरुको यो दिवसको आयोजनामा सहकार्य गरेका थिए । न्युजिल्यान्डमा सन् २०१४ देखि मनाउन थालिएको सगरमाथा दिवस यो वर्ष न्युजिल्याण्डका विभिन्न ६ सहरमध्ये इन्भरकारगिलमा २८ मे का दिन,

अक्ल्याण्ड, बे अफ प्लेनटी, हेमिलटन र क्राइस्टचर्चमा २९ मेका दिन र वेलिंगटनमा ३१ मेका दिन आयोजना गरिएको हो । कार्यक्रममा सर एडमण्ड हिलारीको हस्ताक्षर भएको पाँच डलर नोट र हिलारी र तेञ्जिङ भएको कलाकृतिको लिलाम बढाबढ गरिएको थियो । यसबाट प्राप्त रकम हिमालयन ट्रस्टलाई हस्तान्तरण गरिएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार