पत्रको मितिबारे स्पष्ट हुनुहोस्, जसले हस्ताक्षर गर्छ उसैले मिति लेख्छ : प्रधानसेनापति शर्मा

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम'(एसपिपी) मा सहभागि हुन नेपाली सेनाले २०७२ कात्तिक १० गते पत्र पठाएको पत्रमा हस्तलिखित मितिबारे प्रष्ट पार्नुभएको छ ।

शुक्रबार प्रतिनिधि सभाको अन्तर्रराष्ट्रिय सम्बन्ध समितिमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राखेको जिज्ञासाबारे जवाफ दिँदै प्रधानसेनापति शर्माले नेपाली सेनामा जसले हस्ताक्षर गर्‍यो, उसैले मिति लेख्ने चलन रहेको स्पष्ट पार्नुभयो।

‘हाम्रो सेनामा के चलन छ भने, हस्ताक्षर गर्न बाँकी रहेका केही दिनदेखिको चिठी पत्र हुन्छन्। त्यसमा जुन दिन हस्ताक्षर गर्‍यो र जसले हस्ताक्षर गरेको हुन्छ उसैले मिति लेख्ने गरिन्छ’, उहाँले भन्नुभयो । पोखरेलले पहिलेनै पत्र तयार पारेर पछि हस्ताक्षर गरेको हो कि भन्ने आयसमा शर्माले स्पष्ट पारेका हुन्।‘मेरो कार्यालयमा अहिले पनि हिजो अस्तीदेखिका पत्र छन्। मिति लेखिएका छैनन्। हस्ताक्षर गरेर मात्र मिति राखिन्छ’, यो नेपाली सेनाको पुरानै चलन हो।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार