पूर्व मुख्यमन्त्री राईको आक्रोशः यो सरकारले अहिलेसम्म के गर्‍यो ?

विराटनगर । प्रदेश १ का पूर्व मुख्यमन्त्री ले वर्तमान सरकार संघीयताको अभ्यासलाई कमजोर बनाउन लागिपरेको आरोप लगाउँदै संसदमा आक्रोश पोख्नुभएको छ ।

गएको भदौ पहिलो साता मुख्यमन्त्री पदबाट राजीनामा दिएयता पहिलोपटक प्रदेशसभा बैठकलाई सम्बोधन गरेका एमाले नेता राईले वर्तमान सरकारप्रति आक्रोश मात्रै प्रकट गर्नुभएन, कमिसनतन्त्रमा फँसेको, कर्मचारीबाट असुली गरेको, भूमाफियासित मिलेको आरोपसमेत लगाउनुभयो ।आर्थिक वर्ष २०७९–८० को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पूर्वमुख्यमन्त्री राईले नीति तथा कार्यक्रम रनभुल्लमा आएको दाबीसमेत गर्नुभएको छ ।

‘यो सरकार मिलेर खान मात्रै बनेको हो भन्ने जगजाहेर छ’ भन्दै मन्तव्य सुरू गरेका राईले भन्नुभयो, ‘यो सरकार आफैं रनभुल्लमा छ। म कहिले आएँ, कहिलेसम्मका लागि आएँ भन्ने पनि टुंगो छैन। मलाई ताजुब लाग्यो।’नीति कार्यक्रमले प्राथमिकता भुलेको बताउँदै उहाँले थप्नुभयो, ‘कतिबेला झोली तुम्बी बोकेर हिँड्नुपर्ने भएर हो कि कुनै धन्दामा दिलदिमाग भएर हो पूर्ववर्ती सरकारले गरेको सबै काम मैले गरेको भनेको ? कुन निन्द्रामा सुतेको थियो यो सरकाररु अलिकति असहज लाग्दैन  ?’

उहाँले सरकारलाई सोध्नुभयो, ‘तपाईँ सरकारमा आएपछि कहाँ– कहाँ प्रदेश संरचनाको जग हाल्नुभयोरु कुन ऐन बनाउनुभयोरु कुन पूर्वाधार विकासको काम गर्नुभयो ? तपाईँ आएपछि के गर्नुभयोरु पहिलेका सरकारले गरेको काम घिनलाज नमानी मैले गरेको भनेर हुन्छ? अफ्ठयारो हुन्न ?’ विद्यार्थी लक्षित ‘म अघि बढछु’ कार्यक्रम बन्द गरेकोमा पनि उहाँले सरकारको आलोचना गर्नुभयो । ‘प्रहरीले डामेर छोडेका व्यक्तिलाई नियुक्त गरेर रमिता देखाएको किन ?’

उहाँले अहिलेको सरकारले संघीयताको जग भत्काउन खोजेको आरोप लगाउनुभयो। ‘हाम्रो सरकाले जिल्लामा स्थापना गरेको कार्यालयहरू किन हटाएको ? हामीले हालेको जग भत्काउने, इँटा खोल्ने काम अहिलेको सरकारले गर्ने ? प्रदेश सरकारकै हुर्मत लिने काम कति गर्न सकेको ?’ उहाँले सरकारले कर्मचारीहरुबाट पैसा असुली गरेर, धम्क्याएर सरूवाको आतंक मच्चाएको आरोप पनि उहाँले लगाउनुभएको छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार