पेट्रोलियममा लगाइएको करले मूल्यवृद्धि भयो : रिजाल

काठमाडौँ । नेपाली काँग्रेस सांसद मिनेन्द्र रिजालले पेट्रोलियम पदार्थ आयातमा लगाइएका विभिन्न शिर्षकका कर नै मूल्यवृद्धिको कारक रहेको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले विभिन्न समयमा पेट्रोलियम पदार्थ आयातमा लगाइएको कर नै मूल्यवृद्धिको कारक रहेको बताउनुभएको हो । ‘अहिले मात्र होइन पहिलेदेखि नै सरकारले पैसा चाहियो, फ्यूलमै कर लगाएको छ ।

पूर्वाधार, भन्सार, सडक मर्मतजस्ता कर पेट्रोलियम पदार्थमा लगाइएको छ,’ उहाँले भन्नुभयो, ‘मूल्यवृद्धिको गम्भीर रोग यो नै हो । रोग एकतिर छ, गम्भीर रोग छ । अहिले महँगी सिरियस रोग हो ।’ पेट्रोलियम पदार्थमा लगाइएका करका विषयमा छलफल आवश्यक रहेको भन्दै उहाँले यसबारे अर्थ समितिमा छलफल गर्न प्रस्ताव गर्नुभयो । साथै मूल्यवृद्धि नियन्त्रण गर्न उहाँले पनि सरकारसँग माग गर्नुभयो।ratopati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार