प्रतिकृयावादीको नीति र नेतृत्वमा समाजवादमा पुगिँदैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिकृयावादीको नीति र नेतृत्वमा समाजवादमा पुग्न नसकिने बताउनुभएको छ । शुक्रबार माओवादी नेता जीवन गौतमलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धनलाई प्रतिक्रियावादीको संज्ञा दिँदै अध्यक्ष ओलीले समाजवादमा पुग्ने वैचारिक स्पष्टता एमालेमा मात्रै रहेको बताउनुभयो ।

‘प्रतिकृयावादीको नीति र नेतृत्वमा समाजवादमा पुग्न सकिन्छ भन्न सकिँदैन र हुँदैन, कम्युनिस्ट पार्टीको नीति र नेतृत्वमा सकिन्छ र अरुलाई पनि साथ लिन सकिन्छ ’, अध्यक्ष ओलीको भनाइ छ । उहाँले आफ्नो पार्टीको नीति र विचार मान्नेहरूलाई सँगै लिएर जान सकिने भन्दै ‘त्यो कम्युनिस्ट बर्को नै ओढेको हुनुपर्छ’ भन्ने नरहेको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार