प्रतिस्पर्धी मानिएका जसपा र लोसपासँगै चुनावी तालमेल गर्ने जनमत पार्टीको रणनीति

काठमाडौँ । संघीय र प्रदेश निर्वाचन मंसिरभित्र गर्ने सरकारको तयारीपछि राजनीतिक दलहरुले चुनावी तालमेलको भित्री तयारी थालेका छन् । ठूला–साना दलहरु संघीय निर्वाचनमा तालमेल गरेरै अघि बढ्ने तयारीमा छन् । यसै क्रममा मधेश प्रदेशमा आफ्नो प्रभाव पार्न सफल जनमत पार्टी मधेसवादी दलहरुसँगै चुनावी तालमेल गर्ने पक्षमा देखिएको छ ।

पार्टीका नेता बिपी साहले स्थानीय निर्वाचनमा एक्लै चुनावमा जाँदा अपेक्षित परिणाम आउन नसकेको भन्दै संघीय निर्वाचनमा कुनै पनि पार्टीसँग तालमेलका लागि आफूहरू खुल्ला रहेको बताउनुभयो । ‘यो वा त्यो पार्टीसँग तालमेल वा गठबन्धन गर्ने भन्ने विषयमा हामी संकृण छैनौं । निर्वाचनका लागि जुनसुकै पार्टीसँग पनि तालमेल हुन सक्छ,’ नेता साहले भन्नुभयो।

मधेस केन्द्रित दल भनिएका जसपा र लोसपासँग गठबन्धन वा तालमेल हुन सक्छ कि सक्दैन भन्ने प्रश्नमा साहले भन्नुभयो,-‘लोसपा वा जसपाको जन आधार पनि मधेसमै देखियो । हाम्रो जन आधार पनि यही क्षेत्रमा छ । उहाँहरूसँग तालमेल भए झन् राम्रो ।’ पार्टीका नेताहरुले पनि मधेसवादी दलहरुसँगै सहकार्य गर्नुपर्नेमा जोड दिने गरेको उहाँले सुनाउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार