प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर । प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९/८० प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आइबार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो । सभामुख प्रदिप कुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गर्नुभऐको छ ।

बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले सासंदहरुले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरु हिक्मतकुमार कार्की, जिवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर र लीलाबल्लभ अधिकारीले संशोधन गर्ने प्रस्ताव राख्नुभएको थियो । सासंदहरुले ती प्रस्ताव फिर्ता लिएनन् । तर, ती प्रस्तावहरू बहुमतले अस्वीकृत भएका थिए ।

यस्तै, असार १ गते प्रदेश सभा बैठकमा बजेट पेस हुँदैछ । उक्त बैठकका लागि सांसदहरूलाई २ बजे उपस्थित हुन सभामुखले अनुरोध गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई र भिम आचार्यसहित २० जना प्रदेशसभा सदस्यहरूले बोलेका थिए । छलफलमा उठेको जवाफ दिँदै मुख्यमन्त्री राईले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक फरक भए पनि प्रदेशको विकासमा एकतावद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो ।

उहाँले सांसदहरूलाई प्रस्तुत नीति तथा कार्यक्रम अनुरूप नै आगामी वर्षको बजेट आउने विश्वास दिलाउनुभयो । सरकारबाट भएका कमीकमजोरी औंल्याउनु सकारात्मक भए पनि प्रदेश सरकारले केही गर्दै गरेन भन्नु पूर्वाग्रही हुने उहाँले बताउनुभयो । ‘पदमा भएपछि एउटा भाषा र पद बाहिर भए अर्को भाषा किन बोल्छौँ ?,’ मुख्यमन्त्री राईले भन्नुभयो । बजेट तथा नीती कार्यक्रम साझा बिषय भएकोले यसलाई मिलेर अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले चुनावी सरकारले दीर्घकालीन महत्वका र पूरा हुन नसक्ने योजनाहरु ल्याएको भन्दै आलोचना गरेका थिए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार