प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी पाउनुपर्छ, असंलग्न परराष्ट्र नीतिमा ध्यान दिनुपर्छ : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वैदेशिक सहायता र ऋण वा अनुदान लिने सर्तबारे पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले सो धारणा राख्नुभएको हो । ‘वैदेशिक सहायता र ऋण वा अनुदान लिने सर्तबारे रिभ्यु गर्न पाए हुन्थ्यो । यसबारे हामीले क्लियर धारणा बनाउनुपर्छ,’ उहाँले भन्नुभयो । कुनै पनि विदेशीको हस्तक्षेप स्वीकार्य नहुने भन्दै उहाँले नेपालको असंलग्न परराष्ट्र नीतिबारे ध्यान दिनुपर्ने पनि बताउनुभयो ।

‘हामी असंलग्न परराष्ट्र नीतिमा आँच पुग्ने ढंगले कतै काम त हुन पुगेन त्यसबारेमा सजग र सतर्क हुन सक्यौं कि सकेनौं । यसको पनि हामीले समीक्षा गर्नुपर्ने आवश्यक छ,’ उहाँले भन्नुभयो ।प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसद र सिंगो देश जानकार हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘के-के तयारी भैरहेको छ, सबै जानकारी हुनुपर्छ ।’ अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार