प्रधानमन्त्रीलाई सजग गराउनुपर्छ : भुसाल

काठमाडौं । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै बताउनुभएको छ । शुक्रबार संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सांसद भुसालले प्रधानमन्त्री देउवाको भ्रमण अघि उहाँलाई एसएसपी कार्यक्रमको विषयमा संसदीय समितिहरूले सजग पार्नुपर्नेमा समेत जोड दिनुभयो ।

उहाँले भन्नुभयो स् ‘एसपीपी कार्यक्रममा कसको पालामा भयो र कसको सहभागिता भयो भन्ने कुरा भन्दापनि यसलाई साझा रूपमा लिनुपर्छ । नेपाल सरकारले कुनै पनि विषयमा सम्झौता गर्दा नेपालको असंलग्न परराष्ट्र नीति अन्तर्गत रहेर गर्नुपर्छ ।’ उहाँले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले लेखेको पत्रप्रति टिप्पणी गर्दै यसमा तत्कालीन सरकारको समेत भूमिका रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले प्रधानमन्त्री र प्रधान सेनापतिको अमेरिका भ्रमणलाई भ्रमपूर्ण बनाउँदा हाम्रो विदेश नीति झन कमजोर हुन्छ । हाम्रो परराष्ट्रनीति एउटा सरकार आउँदा एकथरी र अर्को सरकार आउँदा अर्कोथरी हुनुहुँदैन ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले एसपीपी कार्यक्रममा कुनै सम्झौता हुँदैन भनेर भनिसकेपछि यसबारे भ्रम फैलाउन नहुने उहाँको भनाई थियो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार