फाइल बोक्ने कर्मचारी, सेवाग्राहीलाई आराम

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले सेवाग्राहीको लागि एकीकृत सेवा प्रदान गर्ने भएको छ । बिहीबार नगरपालिकाले सेवा प्रवाह सञ्चालन केन्द्रको सुरु गर्दै सेवाग्राहीहरुको लागि भुईँतल्लाबाट सेवा दिने व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका उपप्रमुख खुमबहादुर बिकले भन्नुभयो ‘शुक्लागण्डकी नगरपालिका आउँदा फाइल बोकेर कोठाकोठा, झ्याल झ्याल धाउनु पर्दैन । नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई सहज, छिटो, छरितो,पारदर्शी र नागरिकमैत्री बनाउन हामीले एकीकृत सेवा सुरु गरेका हौं ।’

सेवाग्राहीले नगरपालिकाको भुइँ तल्लामा रहेको सेवा प्रवाह सञ्चालन केन्द्रमा आएर आफ्नो फाइल बुझाएपछि सबै फाँटमा जानुपर्ने काम कर्मचारीले नै गर्ने नगरपालिकाले जनाएको छ । उपप्रमुख विक भन्नुभयो ‘सेवाग्राही आएर कर्मचारीलाई फाइल दिएपछि आरामले सोफामा बस्छन्, यो फाँट त्यो फाँट केहि भन्नुपर्दैन सबै कर्मचारीले नै गर्छन ।

केहि समस्या भए सम्बन्धित कर्मचारीले सम्पर्क गर्नेछन् । नत्र काम सकाएर फाइल आउँछ सेवाग्राहीले हाकिम, कर्मचारी भेट्नै पर्दैन ।’यसरी सेवा प्रवाह गर्दा सेवाग्राहीलाई कर्मचारीलाई दिने दुख, भ्रष्टचारको कुरा सुन्न नपर्ने उपप्रमुख विकले बताउनुभयो । यसको लागि नगरपालिका मै रहेका कर्मचारीहरुबाट नै सेवा प्रदान हुने शुक्लागण्डकी नगरपालिकाले जनाएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार