फोहोर व्यवस्थापनमा दीर्घकालिन समाधान खोज्नुपर्छ : नेता श्रेष्ठ

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभएको छ । शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरेडाँडा र सरोकारवाला निकायहरुबीचको छलफलमा नेता श्रेष्ठले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले फोहोरका कारण काठमाडौं बस्न नसक्ने अवस्थामा रहेको भन्दै यसको तत्काल समस्या समाधान गर्नुपर्ने बताउनुभयो । नेता श्रेष्ठले फोहोर व्यवस्थापनको स्थायी समाधान खोजेर ल्याण्डफिल्ड साइटका बासिन्दाहरूलाई पनि न्याय र सफा वातावरणमा बस्ने कुराको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।काठमाडौंमा फोहोर समस्या राष्ट्रिय समस्याका रुपमा आइसकेकाले सबै गम्भीर र सचेत हुन आवश्यक रहेको श्रेष्ठको भनाइ छ । ‘अहिले काठमाडौंमा हेर्नै, बस्नै नसकिने स्थिति छ ।

काठमाडौंको जनस्वास्थ्यको कुरा गरिरहँदा ल्याण्डफिल्ड साइटको वरपर बस्ने स्थानीय जनसमुदायहरू हुनुहुन्छ तपाईहरुले भोग्नुभएको समस्या पनि कम छैन’, उहाँले भन्नुभयो, ‘यसको स्थायी समाधान नखोजिकन हुँदैन । सधैँ पटके ढंगबाट समाधान गर्ने र फेरि दोहोरिने कुराले अब हामी अघि बढ्न सक्दैनौँ ।’नेता श्रेष्ठले कानूनी रुपमा जिम्मेवारी लिएका निकायले आफ्नो जिम्मेवारीलाई पूर्ण पालना गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारसँग भएका विभिन्न सम्झौताहरूलाई समयमै कार्यान्वयन गर्ने कुरामा गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार