फोहोर व्यवस्थापनमा सहयोग गर्न बालेनले मुख्यमन्त्री पाण्डेसँग गरे यस्तो आग्रह

काठमाडौँ । काठमाडौंलाई फोहोर मुक्त बनाउने एजेण्डासहित स्थानीय निर्वाचनमार्फत मेयरमा विजयी भएका बालेन्द्र शाह (बालेन) सो बाचा पूरा गर्न दौडधूप गरिरहेका छन् । काठमाडौंको फोहोर फाल्ने गरिएको सिसडोलका स्थानीयले अवरोध पुर्याउँदा यतिवेला उनलाई पहिलो गाँसमै ढुंगा भनेझैं भएको छ ।

अघिल्लो स्थानीय सरकारले गरेका प्रतिवद्धता पूरा गर्नुपर्ने मागसहित सिसडोलबासी आन्दोलनमा उत्रिएपछि मेयर शाह संघीय र प्रदेश सरकारसँग सहयोगको आग्रह गरिरहेका छन् । तर तीनै तहको सरकारबीच उचित समन्वय हुन नसक्दा काठमाडौंमा फोहोरको थुप्रो लागिरहेको छ ।

यसैक्रममा मेयर शाहले आज बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई भेटेर राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका छन् । जवाफमा मुख्यमन्त्री पाण्डेले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्ने आश्वासन दिएका छन् । सिसडोलबासीको माग सम्बोधन गर्न साहले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग पनि परामर्श गरिरहेका छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार