फोहोर व्यवस्थापन गर्न बञ्चरेडाँडाको विकल्प खोज्नुपर्छ : प्रवक्ता महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले फोहोर व्यवस्थापन गर्ने कुरामा बञ्चरेडाँडाको विकल्प खोज्नुपर्ने बताउनुभयो । शुक्रवार सहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरेडाँडा र सरोकारवाला निकायहरुबीचको छलफलमा प्रवक्ता महतले सधैँ राज्यले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्छु भन्ने मानसिकताबाट मुक्त भइ त्यसको विकल्प खोज्नुपर्ने बताउनुभएकोे हो ।

उहाँले सधैँ बञ्चरेडाँडा, ओखरपौवा र सिसडोल नै फोहोर व्यवस्थापनको लागि पर्याप्त भई नरहने भन्दै त्यसको विकल्पको रुपमा आधुनिक प्रविधियुक्त मेसिनको आवश्यक रहेको बताउनुभयो । प्रवक्ता महतले बञ्चरेडाँडाका बासिन्दालाई दुर्गन्धबाट टाढा राख्न र रोगब्याधीको समस्या, दुर्घटनाबाट टाढा राखि रोजगारी व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

उहाँले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान हुनुपर्ने भन्दै दुर्गन्धबाट टाढा बस्न पाउनुपर्ने माग बञ्चरेडाँडावासीको जायज माग भएको बताउनुभयो ।प्रवक्ता महतले अहिलेको काठमाडौंको बेहाललाई ध्यानमा राखेर स्थानीयवासीसँग सहजता प्रदान गर्न पनि आग्रह गर्नुभयो । उहाँले स्थानीयको माग, फोहोरको दुर्गन्ध न्यून गर्ने तात्कालिक उपायहरु, तत्काल लागू गर्नुपर्ने भन्दै वातावरणीय प्रतिवेदनका आधारमा प्रभावित क्षेत्रलाई वर्गीकरण गरेर क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार