फ्रान्सेली राजदूतलाई बालेनले भने– ‘यो वर्ष कुकुर तिहार विश्वव्यापी रुपमा मनाउँछौँ’

काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बोरबाओसँग भेटवार्ता गर्नुभएको छ । उहाँले राजदूत बोरबाओसँग नेपालको कला र संस्कृति फ्रान्स लगायत विश्वभर प्रबर्द्धन गर्न चाहेको बताउनुभएको छ । उहाँले यो वर्षको कुकुर तिहार पर्व विश्वभर मनाउने योजनामा रहेको बताउनुभएको छ । सो पर्वमा फ्रान्सेली जनता पनि सहभागी गराउन उहाँले आग्रह गर्नुभऐको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार