बलात्कारसम्बन्धी झुटो उजुरी हाल्नेलाई दण्ड सजाय दोब्बर गर्नुपर्छ : डिला संग्रौला

काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले जबरजस्ती करणी तथा बलात्कारको मुद्दामा झुटो उजुरी हाल्नेलाई दण्ड सजाय दोब्बर गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले हदम्याद राख्दा निर्दोष फस्ने सवालमा झुटो मुद्दा हाल्नेलाई कडा कारवाही गर्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘प्रमाण नष्ट हुने र निर्दोष फस्ने जस्ता कुरा गरेर पीडितले न्याय नपाउने अवस्था आउनु हुँदैन ।’

उहाँले ‘फौजदारी अपराध संहिता ऐन २०७४ को दफा २२९ अनुसार यदि कसैलाई जबरजस्ती करणी गरेको छ भने पीडितले कसुर भएको मितिको एक वर्षभित्रमा दर्ता गरिसक्नु पर्नेछ’ भन्ने दफामा सबैको ध्यानाकर्षण हुन जरुरी रहेको बताउनुभयो । यो समय अप्राप्त भएको उहाँको भनाइ छ ।

हदम्याद हटाउने विषय अतार्किक र असमान कानुनको परिकल्पना भएको उहाँको जिकिर छ । हदम्यादकै कारणले पीडितले न्याय नपाउने स्थिति हुनु भनेको कानुनले सुरक्षित गरेको मौलिक हक कागजको खोस्कोमा सीमित रहनु जस्तै रहेको उहाँको भनाइ छ । उहाँले ५० प्रतिशत यौन हिंसाको घटना अदालतमा नपुग्ने गरेको पनि बताइन् । ‘यो भनेको हाम्रो न्यायिक प्रणाली द्रुत छैन’ उनले भनिन्, ‘यौन हिंसाको सुनुवाइको लागि छुटै द्रुत न्यायिक प्रणाली विशिष्टीकरण गर्न आवश्यक छ ।’रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार