बालेन र हर्कको जित माओवादीलाई सबक : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं र धरानको मेयरमा स्वतन्त्र उम्मेदवारको जित माओवादीलाई सबक भएको बताउनुभएको छ ।

पार्टीका स्थानीय जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले काठमाडौं महानगर र धरान उपमहानगरको मेयरमा जितेका उम्मेदवारले माओवादीले जस्तै धारा, पानी, फोहोरको मुद्दा उठाएर जितेको बताउनुभयो ।

उहाँले अघि भन्नुभयो, ‘हामीले राम्रासँग काम गरेको नदेखेपछि जनताले हामीलाई सबक सिकाएको जस्तो लाग्छ ।’ यद्यपि अब स्वतन्त्र उम्मेदवारहरुले नै देशभर जित्छन् भन्ने नभएको उहाँले बताउनुभयो। ‘प्रचण्डले भन्नुभयो, ‘स्वतन्त्रको राज्य चल्ने भन्ने कुरा विल्कु हुन सक्ने कुरा होइन ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार