बुकुखोला जलविद्युत आयोजनाका लागि म्याग्दीमा लगानी जुटाईदै

म्याग्दी । ओखलढुङ्गामा निर्माण हुने लागेको ६ मेगावाट क्षमताको बुकुखोला जलविद्युत आयोजनाको लागि म्याग्दीमा लगानी जुटाउन लागिएको छ । एपोलो हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाका संचालक समेत रहनुभएको म्याग्दीका उद्यमी प्रमोद श्रेष्ठको नेतृत्वमा आयोजनाका लागि संस्थापक शियर रुपमा लगानी जुटाउन लागिएको हो ।

ओखलढुङ्गाको खिजीडेम्वा गाउँपालिकाको वडानम्वर ७ रहेको बुकुखोलामा ६ मेगावाटको बुकुखोला जलविद्युत आयोजना निर्माण हुन लागेको छ । ‘दुईबर्षभित्र विद्युत उत्पादन गर्ने लक्षसहित आगामी मंसिरदेखि विद्युतको पुर्वाधार निर्माण कार्य सुरु हुनेछ’, श्रेष्ठले भन्नुभयो – ‘१ अर्व १० करोडको लगानीमा उक्त सम्पन्न हुने योजनामा ७० प्रतिशत सिभिल बैंकको र लगानीकर्ताको ३० प्रतिशत हुने छ ।

विद्युत उत्पादन अनुमति प्राप्त गरेको आयोजनाले ‘सडक पहुँच पु¥याउने र जग्गा ब्यवस्थापनको काम अघि बढेको छ । आगामी बर्षको मंसिर पुषदेखि काम सुरु गर्ने लक्षसहित आयोजनाको संरचना निर्माणको काम सुरु गर्न ठेकेदार छनोट प्रक्रिया अघि बढाउने तयारी गरेको समेतश्रेष्ठले जानकारी दिनुभयो ।’दुइकिलोमिटर पाईपबाट पानी लिएर २७२ मिटर उचाईबाट पानी झारेर विद्युत उत्पादन गरिने छ ।

आयोनजनाबाट उत्पादन भएको विद्युत गरज्याङ सवस्टेशनमा जेडिनेछ ।’ यस संस्थाको अध्यक्ष ऐन्जटेन्जी शेर्पा हुनुहुन्छ । यस संस्थाका संचालक सदस्यहरुको नेतृत्वमा अन्य जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसक्नुभएको छ ।यस आयोजनामा शेयर लगानी गर्ने इच्छुक ब्यक्तिहरुले यही असार मसान्तभित्र पहिलो किस्ता जम्मा गरिसक्नुपर्ने छ । उक्त लगानीको लागि संचालक सदस्य प्रमोद श्रेष्ठलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार