बेनी नगरपालिकाको प्रवक्तामा श्रेष्ठ चयन

बेनी । म्याग्दीको बेनी नगरपालिकाको प्रवक्तामा रमेश श्रेष्ठ चयन हुनुभएको छ । सोमबार बसेका नगर कार्यपालिकाको पहिलो बैठकबाट बेनपा–७, का वडा अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई प्रवक्ता चयन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो ।

‘कार्यपालिकाको निर्णय पत्रकार सम्मेलनमार्फत भोली सार्वजनिक हुन्छ’ ढकालले भन्नुभयो । कार्यपालिकाको बैठकले विभिन्न विषयगत समितिको संयोजक समेत तोकेको छ ।

विषयगत समितिमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादीबाट कार्यपालिकामा प्रतिनिधित्व गर्नेहरुबाटै टुंगो लागेको स्रोतले जनाएको छ ।

प्रबक्तामा नियुक्ती भएपछि श्रेष्ठले जिल्लाका पत्रकारहरुसंग समन्वय र सहकार्य गरी कार्यपालिकाको सूचना प्रवाहलाई नगरबासीमाझ लैजाने बताउनुभयो ।

कार्यपालिकामा मेयर सुरत केसीको अध्यक्षतामा बसेको बैठकमा नगरपालिका भित्रका विभिन्न विषयमा छलफल भएको थियो । सहकार्य र सहमतिबाटै नगरपालिकाका समस्या समाधानमा जुट्ने जनप्रतिनिधिको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार