भारतीय सिमानामा रेल जोड्न भन्दा सडक फराकिलो पार्न खर्च गरौं : रावल

काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले भारतीय सिमानामा रेल जोड्न अरबौं खर्च गर्नुको सट्टा पहाड वा तराईमा बाटो फराकिलो बनाउन खर्च गर्नुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि आफ्नो धारणा राख्दै उनले सडक दुर्घटना बढिरहेकाले बाटो फराकिलो पार्न बजेट केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो–‘चुस्स चुस्स भारतीय सिमानामा रेल जोड्ने भन्दापनि पहाड होस वा तराईमा फराकिलो सडक बनाउन सकियो भने आर्थिक रुपले सबैभन्दा राम्रो हुन्छ । अहिलेको सडक सडक सञ्जालको अवस्था हेर्दा दर्दनाक दुर्घटना हुने अवस्थामा छ । कतिपय स्थानमा अन्धाधुन्ध डोजर लगेर बाटो बनाएको छ, वातावरणीय मूल्याङ्कन पनि गरिएको छैन् । त्यसलाई यो बजेटमा उचित स्थान दिएको नै देखिएन् ।’

उहाँले भौतिक पूर्वाधार मन्त्रालयले एकै ठाउँमा सुरुङमार्ग बनाउनका लागि धेरै रकम छुट्याएको बताउँदै भौतिक पूर्वाधार मन्त्रालयको आलोचना गर्नुभयो । उहाँले भन्नुभयो–‘सुरुङ मार्ग बनाउने भनेको कुनै खास ठाउँमा मात्र हो रु कुनै खास ठाउँमा मात्र सुरुङ बनाउन अरबौँ बजेट छुट्याइएको छ, अरु ठाउँमा सडक चौडा पार्न समेत बजेट छैन् ।

यस्तो दृष्टिकोणबाट देश विकासलाई समान भावधारामा बगाउन सक्छ त रु नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकिन्छ त ?’उहाँले सडक बिस्तार, पुल, सबै एकैस्थानमा केन्द्रित भएको बताउँदै अछाम जिल्लामा सांसद विकास कोषबाट सञ्चालन हुने रणनीतिक सडक बाहेक अरु कुनै योजना नपरेको भन्दै आश्चर्य लागेको बताउनुभयो । उहाँले यो तरिकाबाट राष्ट्र अगाडि जान नसक्ने दावी गर्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार