भूमे पुजा सहित पुन समाजको १६ औं महाधिवेशन पोखरामा

सुरेन गरुङ्ग

पोखरा । पुन समाज नेपाल द्वारा संयुक्त रुपमा आयोजना गरीएको भुमे पूजाँ २०७९ सम्पन्न भएको छ। मंगलबार पोखरामा पुन समुदायले धार्मिक बिधी अनुसार भूमे पुजा सम्पन्न संगै १६ औं अधिवेशनको तयारी पुरा भएको हो।

पुजा आयोजनामा विभिन्न क्षेत्रबाट पाल्नु भएका पाहुजाहरुलाई जाँड,सेलरोटी आलुको परीकार प्रसादको रुपमा ग्रहण गरिएको थियो।  भूमे पुजा अवलोकनका लागि विदेशी नागरिक समेत आएका थिए ।

राष्ट्रीय आदिबासी जनजाती महासंघका केन्द्रीय अध्यक्षः चन्द्रसिङ कुलुङको बिशेष उपस्थिति रहेको कार्यक्रमा पुर्ख्यौली नृत्य र नौमती बाजाले  स्वागत तथा नाचगान गरी मनोरंजन गरेका थिए। कार्यक्रमलाई संबोधन गर्दै  राष्ट्रीय आदिबासी जनजाती महासंघका अध्यक्षः कुलुङले आदिवासी, जनजाती समुदाय आफ्नो धर्म, भाषा, संस्कार र रहनसहन जोगाउन अग्रसर बन्नुपर्ने बताउनुभयो ।

यसै गरी बुधबारदेखि पोखरामा हुने पुन समाजको अधिवेशनका लागि देशका विभिन्न जिल्लाबाट प्रतिनिधी, पर्यवेक्षकहरु पोखरामा आएका छन् । पुन समाज नेपालको १६ औं महाधिवेशन समारोह गरिने र म्याग्दी लगाएत अन्य जिल्लमा हालै सम्मपन्न भएको स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्मान गर्ने तयारी पनि गरेको छ साथै नायिका दिया गर्बुजा पुन लाइ पनि सर्वोच्चो शिखर आरोहण गरेको उपलक्ष्यमा सम्मान गर्ने समाजका महा सचिब खिमन शेर्पुजा पुनले जानकारी गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार